Market Closed

कोभिड–१९ बाट विश्व स्वास्थ्य संगठनका ६५ कर्मचारी संक्रमित

17 Nov,2020
  • whi_img_11_17_2020_3_35_28.jpg
 
जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का ६५ जना कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् । संगठनका अधिकारीहरुले दिएको जानकारी अनुसार कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना कर्मचारी संक्रमित भएका हुन् । उनीहरु सबै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरुले बताएका छन् ।

संगठनका केही कर्मचारी घरबाटै काम गर्दा र केही कर्मचारी फिल्डमा काम गरेका बेला संक्रमित भएका हुन् ।डब्लुएचओले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको जानकारी अनुसार संक्रमण पुष्टि भएका सबैलाई पर्याप्त उपचारको व्यवस्था गरिएको छ । त्यसैगरी, उनीहरुसँग सम्पर्कमा रहेकाहरूलाई पनि परीक्षण गराउने र स्वास्थ्य सतर्कता अपनाउन लगाउने पनि गरिएको डब्लुएचओले उल्लेख गरेको छ । 
 
विश्वव्यापीरूपमा फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि नेतृत्वदायी भूमिका खेल्दै आइरहेको अन्तर्राष्ट्रिय संस्थाका कर्मचारी नै संक्रमित हुनुलाई भने अर्थपूर्ण रुपमा लिने गरिएको छ । जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभरी अहिलेसम्म कुल ५ करोड ४६ लाख ७८ हजार १५९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ती मध्ये १३ लाख २१ हजार ४०३ जनाको ज्यान गएको छ । 
 
रासस–एएनआई 

Post Your Comment