Market Closed

जर्मनीमा कोरोना भाइरस संक्रमणबाट एकै दिन २६७ जनाको ज्यान गयो

18 Nov,2020
  • corona_11_18_2020_12_31_00.jpg
 
बर्लिन : जर्मनीमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २६७ जनाको मृत्यु भएको छ। जर्मनीको रोबर्ट कोच इन्स्टिच्यूट (आरकेआई) का अनुसार कोभिड–१९ बाट संक्रमित संख्या पनि १४ हजार ४१९ ले वृद्धि भएको छ । योसँगै जर्मनीमा कुल संक्रमित संख्या ८ लाख १५ हजार ७४६ पुगेको छ । 
 
जर्मनीमा कोभिड–१९ बाट संक्रमित व्यक्तिमध्ये १२ हजार ८१४ जनाको मृत्यु भइसकेको आरकेआईले जनाएको छ। कोभिड–१९ को संक्रमण दर पछिल्ला दिनमा बढ्दै गएपछि जर्मनीमा गत यही नोभेम्बरदेखि आंशिक लक डाउन गरिएको छ । 
 
सरकारले आगामी क्रिसमससम्म निजी जमघट समेतमा कडा प्रतिबन्धहरु घोषणा गरेको छ । सार्वजनिक स्थल, विद्यालय र कक्षाकोठामा मास्क अनिवार्य रुपमा लगाउनुपर्ने नियम पनि बनाइएको छ । 
 
रासस–एएनआई
 

Post Your Comment