Market Closed

कोरोनाको खोप लगाएको प्रमाण देखाएपछि मात्र हवाई यात्रा गर्न दिने निर्णय गर्दै क्वान्टस एयर

25 Nov,2020
  • Qantas-Fleet_737-800_11_25_2020_12_34_21.jpg
नेपाली पैसा
 
काठमाडौं : ‘क्वान्टस एयरवेज’ ले अन्तर्राष्ट्रिय हवाईयात्रीहरुले कोरोना भाइरस विरुद्धको खोप लगाएको प्रमाण देखाएपछि मात्र उडान भर्न पाउने व्यवस्था लागू गर्ने भएको छ । अस्ट्रेलियाको ध्वजाबाहक क्वान्टसका प्रमुख कार्यकारी अधिकृत एलन जोएसका अनुसार निकट भविष्यमै अन्तर्राष्ट्रिय उडान गर्न यात्रुले कोरोना विरुद्धको खोप लगाएको प्रमाण अनिवार्य देखाउनुपर्नेछ ।
 
जोएसले एक अन्तवार्तामार्फत खोपमा आमनागरिकको पहुँच पुग्ने वित्तिकै यो व्यवस्था लागू गरिने बताएका हुन् । क्वान्टसले अन्तर्राष्ट्रिय उडान भर्ने यात्रुका लागि लागू हुने नियममा परिवर्तन गर्ने सम्बन्धमा छलफल भइरहेको पनि उनले जानकारी गराए । नियम परिवर्तन भएमा क्वान्टसका विमान चड्नु अघि अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्नेछ । प्रमाण नदेखाए यात्रा गर्न नदिइने उनको भनाई छ ।
 
कारोना प्रकोपबीच अस्ट्रेलिया बाहिर जाने र भित्र प्रवेश गर्ने अन्तार्राष्ट्रिय यात्रुका लागि यस्तो व्यवस्था आवश्यक रहेको क्वान्टसका प्रमुखले बताएका छन् । आन्तरिक उडान गर्ने यात्रुलाई खोप अनिवार्य गर्ने कि नगर्ने भन्ने विषयमा पछि अध्ययन गरिने भएको छ । तर जोएसको भनाईलाई भ्याक्सिन विरोधी अभियन्ताहरुले भने आलोचना गरेका छन् । यस्तो निर्णय व्यक्तिगत स्वतन्त्रताको वाधक हुने उनिहरुको भनाई छ ।
 

Post Your Comment