Market Closed

क्यानडामा जनवरीबाट कोरोना खोप वितरण गर्ने तयारी हुँदै

04 Dec,2020
  • covid-vaccine-1_12_4_2020_3_04_53.jpg
 
ओटावा : क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप उपलब्ध गराउने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिए । “यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनवरीमा खोप आउने र तत्कालै वितरण गर्ने गरी तयारी गरिरहेका छौँ,” उनले भने । 
 
उनलाई क्यानडाको सरकारले गत हप्ता सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापन सम्वन्धी निकायको उपाध्यक्षको रुपमा नियुक्त गरेको थियो । सरकारी अधिकारी र सेनासँग मिलेर त्यस सम्बन्धी काम गर्ने जिम्मेबारी समेत दिइएको छ ।

उनले डिसेम्बर ७ देखि यस सम्बन्धी कामका लागि क्यानडाको सेना खटिने र डिसेम्बर २५ सम्ममा सबै तयारी पूरा हुने पनि विश्वास व्यक्त गरे । क्यानडामा अहिलेसम्म ३ लाख ९० हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने १२ हजार ३०० भन्दा बढीको मृत्यु भएको छ ।
 
रासस–एएनआई
 

Post Your Comment