Market Closed

२४ घण्टामा ५ लाख ३६ हजार नयाँ कोरोना संक्रमित थपिए

07 Dec,2020
  • coroana_2_12_7_2020_12_48_09.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ करोड ७३ लाख ९३ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि १५ लाख ४१ हजार ७५२ पुगेको छ । हालसम्म ४ करोड ६५ लाख ६४ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५१ लाख ५९ हजार पुगेको छ । यहाँ हालसम्म २ लाख ८८ हजार ९०६ हजार जनाको मृत्यु भएको छ । 
 
भारतमा हालसम्म ९६ लाख ७७ हजार २०३ संक्रमित हुँदा १ लाख ४० हजार ५९० जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ६६ लाख ३ हजार ५४० जना संक्रमित हुँदा १ लाख ७६ हजार ९६२ जनाको मृत्यु भएको छ । रुसमा २४ लाख ६० हजार ७७० संक्रमित हुँदा ४३ हजार १४१ जनाको मृत्यु भएको छ । फ्रान्समा २२ लाख ९२ हजार ४९७ संक्रमित हुँदा ५५ हजार १५५ जनाको मृत्यु भएको छ । यता, इटलीमा १७ लाख २८ हजार ८७८ जना संक्रमित हुँदा ६० हजार ७८ जनाको मृत्यु भएको छ । 

बेलायतमा हालसम्म १७ लाख २३ हजार २४२ जना संक्रमित रहेका छन् ६१ हजार २४५ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या १६ लाख ९९ हजार १४५ पुगेको छ भने ४६ हजार २५२ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा १४ लाख ६३ हजार ११० जना संक्रमित हुँदा ३९ हजार ७७० जनाको मृत्यु भएको छ । कोलम्बियामा १३ लाख ७१ हजार १०३ संक्रमित हुँदा ३७ हजार ८०८ जनाको मृत्य भएको छ । 
 
नेपालमा भने अहिलेसम्म २ लाख ४० हजार ९८१ जना संक्रमति फेला पर्दा २ लाख २५ हजार ८०५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १५ सय ९४ जनाको भने मृत्यु भएको छ । यता, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा १५ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८६ हजार ६३४ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । 
 
 

Post Your Comment