Market Closed

जापानमा विदेशी नागरिकलाई प्रवेशमा फेरि प्रतिबन्ध

14 Jan,2021
  • japan_1_14_2021_10_37_23.jpg
टोकियो : जापानले गैरआवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न फेरि रोक लगाएको छ । कोरोना भाइरस महामारी थप फैलिँदै गएपछि सरकारले फेरि विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । प्रधानमन्त्री योशिहिडे सुगाले सबै देशका गैरआवासीय नागरिकलाई जापान प्रवेश गर्न नदिने बुधबार घोषणा गरेका हुन् । जापानले कोरोना भाइरस महामारी फैलिँदै गएपछि देशका धेरै क्षेत्रमा संकटकाल लगायतका कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको छ ।

पूर्व निर्धारित अत्यावश्यक यात्राका लागि भने कडा मापदण्ड पालना गरेर मात्रै प्रवेश गर्न दिने व्यवस्था पनि सरकारले गरेको छ । विदेशीलाई प्रवेश निषेध गर्ने निर्णय आगामी फेब्रअरी ७ तारिखसम्म लागू हुने अधिकारीहरूले जनाएका छन् । आवश्यकता अनुसार सो अवधि लम्बिन पनि सक्ने उनीहरूले स्पष्ट पारेका छन् । जापानमा अहिले दैनिक हजारौंं संक्रमित थपिरहेका छन् । 
 
रासस–सिन्हवा 

Post Your Comment