Market Closed

जो बाइडेनले ल्याए १९ खर्ब डलरको कारोना राहत योजना

15 Jan,2021
  • 1_1_15_2021_1_07_52.jpg
नेपाली पैसा
 
काठमाडौं : अमेरिकी राष्ट्रपति चुनिएका जो बाइडेनले १९ खर्ब डलर बराबरको कोभिड राहत प्रस्ताव सार्वजनिक गरेका छन् । बाइडेनले बिहीबार कोरोना भाइरसको महामारीबाट प्रभावित नागरिक र व्यवसायहरुलाई सहयोग पुर्याउने उद्देश्यले उक्त राहत योजना ल्याएका हुन् । ‘अमेरिकी रेस्क्यू प्लान’ नाम दिइएको उक्त योजनामा कोरोना विरुद्धको खोम आमरुपमा उपलव्ध नहुँदासम्म अमेरिकी घरपरिवार र व्यवसायहरुलाई टिकाइराख्न मद्दत पुर्याउने राहतहरु समावेश गरिएको छ ।
 
बाइडेनको कोभिड राहत योजनामा के–के समावेश गरिएको छ ?
 
अधिकांश अमेरिकी नागरिकको खातामा १४ सय डलर सीधा भुक्तान गरी डिसेम्बरको ६०० डलरसहित कुल राहत २ हजार डलर पुर्याउने ।
बेरोजगारलाई प्रतिहप्ता ४०० डलर दिने र सेप्टेम्बरसम्ममा उक्त रकम बढाउने ।
न्यूनतम ज्याला बढाएर प्रतिघण्टा १५ डलर पुर्याउने ।
राज्य र स्थानीय सरकारलाई ३ खर्ब ५० अर्ब डलर सहयोग गर्ने ।
के–१२ विद्यालय र उच्च शिक्षका लागि १ खर्ब ७० अर्ब डलर खर्च गर्ने ।
कोभिड–१९ को परीक्षणका लागि ५० अर्ब डलर खर्च गर्ने ।
राज्य र स्थानीय निकायको सहकार्यमा राष्ट्रिय खोप कार्यक्रमका लागि २० अर्ब डलर खर्च गर्ने ।
१० लाख भन्दा बढी साना व्यवसायलाई १५ अर्ब डलर अनुदान दिने ।
 
बाइडेनका एक उच्च अधिकारीका अनुसार राष्ट्रपतिको कार्यकाल सुरु गरेको केही महिनाभित्र खर्च गर्नका लागि बाइडेनले बनाएको यो पहिलो योजना हो । दोस्रो योजना फेब्रअरी महिनामा सार्वजनिक हुनेछ । फेब्रुअरीमा सार्वजनिक हुने योजनामा भने अर्थतन्त्रको दीर्घकालीन सुधारका कार्यक्रमहरु समावेश हुनेछ । यस्तै, १० हजार डलरसम्मको विद्यार्थी ऋण मिनाहा गर्न पनि बाइडेनले समर्थन गरेका छन् ।
 

Post Your Comment