Market Closed

कोरोना खोपको शुभारम्भ माघ १४ गतेबाट, कस–कसले पाउँछ पहिलो चरणमा ?

25 Jan,2021
  • covid-19-vaccine_1_25_2021_9_07_29.jpg
नेपाली पैसा
 
काडमाडौं : नेपालमा कोरोना भाइरस विरुद्धको खोप माघ १४ गतेदेखि लगाउन सुरु गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइनेछ । जसमा पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिएकाहरु, स्वास्थ्य स्वयंसेवक, अन्तराष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 
यसैगरी, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलन र चालक, एम्बुलेन्स तथा शव बाहनका चालक सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने, वृद्धाश्राममा रहेकाहरु, हेरचाहमा खटिने कर्मचारी तथा जेलमा रहेका कैदी र सुरक्षाकर्मीलाई पनि पहिलो चरणमा खोप दिइनेछ । मन्त्रालयमा अनुसार माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० भन्दा बढी केन्द्रमा खोप पुग्नेछ । यस्तै, अभियान सुरु भएको १० दिनभित्र पहिलो चरणको खोप अभियान पूरा हुनेछ । 
 

Post Your Comment