Market Closed

चीन सरकारद्धारा आफ्नै देशमा बनेका १६ कोभिड १९ खोपलाई परीक्षणको अनुमति

21 Feb,2021
  • 06baf06928258c66a995f06c407f8810_2_21_2021_12_49_10.jpg
 
बेइजिङ : चीन सरकारले आफ्नै देशमा बनेका कम्तीमा पनि १६ वटा खोपलाई परीक्षण अनुमति दिएको बताएको छ । चीनको नेसनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले यस्तो जानकारी दिएको हो । शनिबार यस निकायले दिएको जानकारी अनुसार चीन सरकारले यहाँका १६ वटा कम्पनीका खोपहरुलाई परीक्षणको अनुमति दिएको छ । ती मध्येका ६ वटाको त परीक्षणको ३ चरण नै सम्पन्न भइसकेको छ । 
 
यी मध्ये २ वटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ । चाइना नेसनल बायोटेक ग्रुपको तर्फबाट बनेको सिनोफार्मको खोपले अहिले बजार लिएको छ । त्यस्तै, गरी सिनोभ्याक बायोटेकले बनाएको कोरोना भ्याक भ्याक्सिनले पनि बजारमा प्रवेश पाएको छ । यसको धेरैतिर प्रयोग समेत भएको छ । 
 
ती दुई खोपले चीनको सरकारी आधिकारिक निकायबाट गएको डिसेम्बर ३० मा र यसै वर्षको फेब्रुअरी ५ मा अनुमति पाएका थिए । त्यसैगरी, चीनको औषधि व्यवस्थापन सम्बन्धी सरकारी निकायले यही फेब्रुअरी ९ तारिखमा ४ करोडभन्दा बढी खोप यहाँका औषधिको प्रचलन गर्ने संस्थाहरुलाई हस्तान्तरण गरेर लगाइएको पनि बताइएको छ । 
 
त्यसमार्फत ती खोपहरु चीनमा काम गर्ने र भाइरसको जोखिम रहेका समुदायका नागरिकलाई नै लगाइएको छ । ती खोपहरु भने अरु कतिपय देशमा निर्यात पनि गरिएको जानकारी दिइएको छ ।
 
रासस–सिन्ह्वा

Post Your Comment