Market Closed

माल्दिभ्समा वर्षकै धेरै पर्यटक भित्रिए

23 Feb,2021
  • maldivs_2_23_2021_1_05_26.jpg
 
माले : माल्दिभ्समा सोमबार यस वर्षकै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । स्थानीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेको विवरण अनुसार सोमबार माल्दिभ्समा ५ हजार १०० पर्यटक भित्रिएका हुन् । यो संख्या सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै रहेको पनि अधिकारीहरूले जनाएका छन् । 
 
मालदिभ्समा कोरोना भाइरस महामारीभन्दा अगाडि औसतमा दैनिक ५ हजार पर्यटक आउने गरेका थिए । तर कोरोनापछि अहिले औसतमा दैनिक ३ हजार पर्यटक भित्रिने गरेको तथ्यांक छ । टापूहरूको देश माल्दिभ्समा जनवरी १ देखि फेब्रुअरी २० सम्म १ लाख ६० हजार पर्यटक भित्रिएका छन् ।

तीमध्ये प्रायः भारत, रूस, युक्रेन, काजकस्थानलगायतका देशबाट आएको पाइएको छ । यस वर्षको अन्त्यसम्ममा १५ लाख पर्यटक स्वदेश भित्र्याउने लक्ष्य लिइएको पर्यटन मन्त्रालयले जनाएको छ । 

Post Your Comment