Market Closed

विजय लघुवित्तको कहिले बस्दैछ विशेष साधारण सभा ?

23 Feb,2021
  • SGM1-_2_23_2021_1_57_28.jpg
नेपाली पैसा 
 
काठमाडौं : विजय लघुवित्त वित्तीय संस्थाले फागुन १५ गते विशेष साधारण सभा बोलाएको छ । विजयले खप्तड लघुवित्तलाई एक्वायर गर्न लागेको छ । सोही प्रस्ताव पारित गर्न विशेष सभा बोलाएको हो । सभा विजय विकास स्रोत केन्द्र गैंडाकोटमा बिहान ९ बजे सुरु हुनेछ । विशेष सभा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा दुवै कम्पनीको डीडीएका आधारमा स्वाप रेसियो पारित गर्ने प्रस्ताव पनि रहेको छ । 
 
यस्तै, अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ । विशेष सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गतेबाट १५ गतेसम्म बुक क्लोज गरेको छ । 

Post Your Comment