Market Closed

नेपाल ग्रामीण विकास बैङ्क : कम्पनी विश्लेषण (बिहीवार, १८ चैत २०७२)

31 Mar,2016
  • NGBBL_3_31_2016_12_38_06.jpg
 

बैङ्कको २०७२/७३ आवको दोस्रो त्रैमासमा खुद नाफा करीब ४८ प्रतिशत बढेको छ । गत आवमा रहेको रू. ३ करोड ४७ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्यूट्रल जोन (५४ दशमलव ९६ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन ७ दशमलव ९२ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : अल्पकालीन ७ दिने औसत मूल्यरेखा र २१ दिने मूल्य रेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने रेखा र ७ दिने रेखाभन्दा माथि छ भने टेण्ड लाइनभन्दा तल छ । हालको बिन्दुबाट मूल्य महँगिएमा रू. ९ सयमा प्रतिरोध पाउन सक्छ । मूल्य सस्तिएमा रू. ८ सय ३ मा टेवा पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना
- खुद ब्याज आम्दानी ६२ प्रतिशत र सञ्चालन नाफा करीब ७८ प्रतिशत बढ्नाले खुद नाफा ४७ दशमलव ८९ प्रतिशत बढेको छ ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा १४ दशमलव ४४ प्रतिशतले बढेर रू. २१ दशमलव ३५ प्रतिशत पुगेको छ ।

- रू. १ अर्ब ६२ करोड कुल निक्षेप सङ्कलन गरी रू. ५ अर्ब ७६ करोड कर्जा प्रवाह गरेको छ ।

- ब्याज आम्दानी ५० प्रतिशत बढेर रू. ७६ करोड ५९ लाख र ब्याज खर्च १० दशमलव २३ प्रतिशत बढेर रू. १३ करोड ४१ लाख पुगेको छ ।

- कर्मचारी खर्च ३६ दशमलव ५८ प्रतिशत, अन्य सञ्चालन खर्च ८४ दशमलव ५५ प्रतिशत र कुल सञ्चालन आम्दानी ५९ दशमलव ६२ प्रतिशतले बढेको छ ।

- बैङ्कले सम्भावित जोखीमवापतको व्यवस्थामा रकम ५ प्रतिशत घटाएर रू. ३ करोड ६१ लाखमा सीमित गरेको छ ।

- पूँजी कोष लागत ५ प्रतिशत र पूँजी कोष पर्याप्तता ४ प्रतिशत रहेको छ ।

- बैङ्कको सीडी रेशियो २८ दशमलव २४ प्रतिशत छ । राष्ट्र बैङ्कको प्रावधानअनुसार बैङ्कले थप कर्जा प्रवाह गर्न सक्ने देखिन्छ ।


Post Your Comment