Market Closed

नेपाल ग्रामीण विकास बैङ्क : कम्पनी विश्लेषण (शुक्रवार, १४ जेठ २०७३)

27 May,2016
  • nepal_grameen_logo_5_27_2016_1_17_36.png

२०७२/७३ आवको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैङ्कको खुद नाफा ३७ दशमलव ७२ प्रतिशत बढेको छ । गत आवमा रहेको रू. ४ करोड १३ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्यूट्रल जोन (४४ दशमलव ६४  स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन : २४ दशमलव ६० बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढि“दै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्य रेखा, ट्रेण्ड लाइन र ७ दिने रेखाभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ८ सय २५ मा टेवा र मूल्य महँगिएमा रू. ८ सय ८१ मा प्रतिरोध पाउने देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा
- बैङ्कको तेस्रो त्रैमासमा नाफा ३७ दशमलव ७२ प्रतिशत बढेको छ । सञ्चालन नाफा ६० दशमलव ५२ प्रतिशतले र खुद ब्याज आम्दानी ५२ प्रतिशतले बढ्नाले र राइट ब्याक गर्नाले खुद नाफा बढेको हो ।

- रू. १ अर्ब ७१ करोड कुल निक्षेप सङ्कलन गरी रू. ४ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ ।

- ब्याज आम्दानी ४४ दशमलव ८० प्रतिशत र ब्याज खर्च २० दशमलव ४९ प्रतिशत बढेको छ ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा २० दशमलव ८४ प्रतिशतबाट बढेर २८ दशमलव ७० प्रतिशत पुगेकोे छ ।

- कर्मचारी खर्च ३२ दशमलव २० प्रतिशत, अन्य सम्पत्ति ६६ दशमलव ८७ प्रतिशत र कुल सञ्चालन आम्दानी ९ दशमलव ४६ प्रतिशतले बढेको छ ।

- सम्भावित जोखीमवापतको व्यवस्थामा रकम १३ दशमलव १६ प्रतिशतले बढेर रू. ६ करोड ४९ लाख पुगेको छ ।

- बैङ्कको स्थिर सम्पत्ति शून्य दशमलव ८६ प्रतिशतले घटेको छ भने अन्य सम्पत्ति ९ दशमलव ४६ प्रतिशतले बढेको छ ।

Post Your Comment