Market Closed

ग्रामीण विकासले गर्यो २६ करोड नाफा, जगेडा कोषमा एक करोड ५१ लाख

23 Aug,2016
  • gramin_bank_8_23_2016_12_27_42.png
नेपाली पैसा
काठमाडौं : नेपाल ग्रामीण विकास बैंकले २६ करोड २५ लाख २२ हजार रूपैयाँ नाफा कमाएको छ ।

बैंकले अघिल्लो वर्षभन्दा खुद नाफा आठ करोड नौ लाख ८३ हजार रूपैयाँ वृद्धि गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा जम्मा १८ करोड १५ लाख ३९ हजार रूपैयाँमात्र थियो ।
नाफा वृद्धिसँगै ग्रामीण विकासले जगेडा कोष र प्रतिसेयर नेटवर्थलाई पनि सकारात्मक बनाउन सफल भएको छ ।

ग्रामीण विकास बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७२–७३ को अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर नेटवर्थ १०२.७३ रूपैयाँ पुगेको छ ।

तरलता अनुपात १२.५३ रहेको यो बैंकको प्रतिसेयर आम्दानी ४७.०९ रूपैयाँ छ । चुक्ता पुँजी ५५ करोड ७५ लाख रूपैयाँ रहेको यस विकास बैंकको जगेडा कोषमा एक करोड ५१ लाख ९९ हजार रूपैयाँ छ ।

अघिल्लो वर्ष जगेडा कोष २३ करोड ९६ लाख २५ हजार रूपैयाँले ऋणात्मक थियो । एक अर्ब ८१ करोड ९३ लाख १० हजार रूपैयाँ निक्षेप संकलन गर्न पनि सफल भएको छ ।

बैंकले ८५ करोड २६ लाख ३२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ६ करोड ९३ लाख ३२ हजार रूपैयाँ सम्भावित जोखिममा छट्याउँदा सात करोड ३८ लाख २६ हजार रूपैयाँ विगतमा जोखिम कोषमा राखेको रकम बैंकले फिर्ता गरेको छ ।

बैंकको निष्कृय कर्जा भने अझै बढी छ । अपरिस्कृत वित्तीय विवरण अनुसार निष्कृय कर्जाको मात्रा ४.३१ प्रतिशत र कस्ट अफ फन्ड ५.१५ प्रतिशत देखिएको छ ।

Post Your Comment