Market Closed

नेपाल ग्रामीण विकास बैङ्क : कम्पनी विश्लेषण (आइतवार, ७ कात्तिक २०७३)

23 Oct,2016
  • nepal_grameen_bikas_resize_10_23_2016_12_42_33.jpg

कम्पनीको आर्थिक वर्ष २०७२/७३ आवको असार मसान्तसम्मको  वित्तीय विवरणअनुसार खुद नाफा ४४ दशमलव ६१ प्रतिशत बढेको छ । पछिल्लो समयमा रहेको रू. ७ करोड ३८ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भयो ।

प्राविधिक विश्लेषण
आरएसआई : न्युट्रल जोन (५३ दशमलव ६९ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ ।

स्ट्याण्डर्ड डेभिएशन : १५ दशमलव ३९ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : सातदिने औसत मूल्यरेखा र २१ दिने औसत मूल्य रेखा एकअर्कासँग नजिकिँदै गएका छन् । हालको शेयरमूल्य ट्रेण्ड लाइनभन्दा तल छ भने २१ दिने रेखा र सातदिने रेखाभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ७ सय ६० मा टेवा पाउने सङ्केत देखिन्छ । मूल्य महँगिएमा रू. ८ सय ५७ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको चौथो त्रैमासमा नाफा ४४ दशमलव ६१ प्रतिशत बढेर रू. ४४ दशमलव ६१ प्रतिशत बढेर रू. २६ करोड २५ लाख पुगेको छ । सञ्चालन नाफा ४९ प्रतिशत र खुद ब्याज आम्दानी ३१ दशमलव ८१ प्रतिशत बढ्नाले खुद  नाफा बढ्न टेवा पुगेको हो ।
- चुक्ता पूँजीको तुलनामा खुद नाफा ३२ दशमलव ५६ प्रतिशतबाट बढेर ४७ प्रतिशत पुगेको छ ।

- स्थिर सम्पत्ति १ प्रतिशत र अन्य सम्पत्ति ११ प्रतिशत घटेको छ ।

- ब्याज आम्दानी २८ दशमलव १२ प्रतिशत र ब्याज खर्च १८ दशमलव २६ प्रतिशत बढेको छ ।

- कर्मचारी खर्च ७ दशमलव २८ प्रतिशत, अन्य सञ्चालन खर्च २७ दशमलव ४१ प्रतिशत र कुल सञ्चालन नाफा ३१ दशमलव ८१ प्रतिशत बढेको छ ।

- बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम ३ दशमलव ८० प्रतिशत बढाएर रू. ६ करोड ९३ लाख पुर्‍याएको छ ।

- पूँजीकोष लागत ५ दशमलव १५ प्रतिशत र पूँजीकोष पर्याप्तता ६ प्रतिशत रहेको छ ।

- निष्क्रिय कर्जा ४ दशमलव ३१ प्रतिशत र सीडी रेशियो २८ दशमलव ३७ प्रतिशत रहेको छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात साढे १२ गुणा, प्रतिशेयर आम्दानी रू. ४७ र मूल्य आम्दानी अनुपात करीब २३ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको ७ गुणा छ ।

Post Your Comment