नेपाल हाइड्रो डेभलपरको साउन २७ देखि आइपीओ आउँदै, ज्ञानेन्द्रलाल प्रधानसहितका हस्तीहरुको लगानी

02 Aug,2017
  • IPO_8_2_2017_11_19_39.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल हाइड्रो डेभलपरले साउन २७ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ९० लाख रुपैयाँको ३ लाख ९० हजार कित्ता आइपीओ बेच्न लागेको हो । १०० रुपैयाँ अंकित मूल्यको यस आइपीओको २ प्रतिशत सेयर कर्मचारीलाई छुट्याइएको छ । यसआधारमा कर्मचारीले ७ हजार ८०० सय कित्ता सेयर पाउनेछन् । त्यस्तै, सामूहिक लगानी कोष कम्पनीहरुले ५ प्रतिशत अर्थात् १९ हजार ५०० कित्ता सेयर पाउनेछन् । यो आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्ता सय आवेदन दिन पाइनेछ । यस हाइड्रोपावरमा ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका, कुमुद दुगड, देव किसन मुन्दडालगायतका व्यक्तिहरु सञ्चालक रहेका छन् । हाल कम्पनीको चुक्ता पुँजी २२ करोड १० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं, नेपाल हाइड्रो डेभलपरको कार्यालय डिल्लीबजार काठमाडौंमा गएर आवेदन दिन सक्नेछन् । यसबाहेक आस्वा अनुमति लिएका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिनेछ । कम्पनीले दोलखा जिल्लामा ३.५२ मेगावाटको चर्नावती हाइड्रोपावर सञ्चालन गर्दै आएको छ । जलविद्युत क्षेत्रका हस्तीहरुको लगानी रहेकाले कम्पनीले भविष्यमा राम्रो प्रतिफल दिने आशा गर्न सकिन्छ ।

Post Your Comment