नेपाल हाइड्रोको आइपीओ शुक्रबार बाँडफाँट हुँदै, गोलाप्रथाबाट भाग्य फैसला

10 Sep,2017
  • IPO_9_10_2017_1_43_55.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल हाइड्रो डेभलपरको आइपीओ शुक्रबार (भदौ ३० गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले नेपाल हाइड्रोको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयार भएको जानकारी दिए । आइपीओ निष्कासन गरेको एक महिनाभित्रको समयसिमा भित्र बाँडफाँट गर्नुपर्ने नियम भएकोले शुुक्रबार भन्दा पछाडी गर्न नमिल्ने भएकोले त्यो दिन नै बाँडफाँट हुने घिमिरेले बताए । त्यस्तै, एनएमबी क्यापिटलकै प्रमुख सञ्चालन अधिकृत कमल नेपालले पनि नेपाल हाइड्रोको आइपीओ शुक्रबार नै बाँडफाँट हुने बताए । तर कुन ठाँउमा कति बजे बाँडफाँट हुने भन्ने निश्चित नभएको नेपालले बताए । कम्पनीले साउन २७ गतेदेखि ३२ गतेसम्म कुल ३ लाख ९० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ७ हजार ८०० कित्ता कर्मचारी र १९ हजार ५०० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी रहेको ३ लाख ६२ हजार ७०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । आइपीओमा १ लाख ७३ हजार ९८३ जनाले १ अर्ब ५० करोड रुपैयाँको आवेदन दिएका थिए ।
 
यसआधारमा, सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ६२ हजार ७०० कित्ता सेयर न्यूनतम १० कित्ताको दरले बाँडफाँड गर्दा ३६ हजार २७० जना आवेदकले मात्र सेयर पाउनेछन् । धितोपत्र बोर्डको नयाँ नियम अनुसार सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर बाँडफाँट गर्नुपर्ने हुन्छ । आवेदक धेरै भएर सबैलाई १० कित्ता बाँडफाँट गर्न नपुग्ने अवस्थामा मात्र गोलाप्रथाबाट सेयर बाँडफाँट गर्न सकिने नियम छ । यसरी, गोलाप्रथाबाट बाँडफाँट गर्दा नेपाल हाइड्रोमा कुल आवेदक मध्ये २०.८४% ले मात्र सेयर पाउने भएका छन् । यस हाइड्रोमा ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका, कुमद दुगड, देव किसन मुन्दडालगायत व्यक्तिहरु सञ्चालक रहेका छन् । हाल कम्पनीको चुक्ता पुँजी २२ करोड १० लाख रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि भने चुक्ता पुँजी २६ करोड रुपैयाँ पुगेको छ । कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ छ । यो आइपीओमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गरेको हो । कम्पनीले दोलखा जिल्लामा ३.५२ मेघावाटको चर्नावति हाइड्रोपावर सञ्चालन गर्दै आएको छ ।

Post Your Comment