नेपाल हाइड्रोको आइपीओ बाँडफाँट, गोलाप्रथाबाट ३६ हजार २७० जनालाई १० कित्ता सेयर

15 Sep,2017
  • hydro_9_15_2017_9_47_13.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल हाइड्रो डेभलपरको आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको छ । कुल ३६ हजार २७० जना आवेदकले १० कित्ता सेयर हात पारेका छन् । आइपीओमा १ लाख ७१ हजार ५९२ जनाको आवेदन स्वीकृत भएको छ भने १ हजार ९०९ जनाको आवेदन रद्द भएको छ । कम्पनीले साउन २७ गतेदेखि ३२ गतेसम्म कुल ३ लाख ९० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ७ हजार ८०० कित्ता कर्मचारी र १९ हजार ५०० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको ३ लाख ६२ हजार ७०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । यो आइपीओमा १ अर्ब ५० करोड रुपैयाँको आवेदन दिएका थिए ।


 
धितोपत्र बोर्डको नयाँ नियम अनुसार सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर बाँडफाँट गर्नुपर्ने हुन्छ । आवेदक धेरै भएर सबैलाई १० कित्ता बाँडफाँट गर्न नपुग्ने अवस्थामा मात्र गोलाप्रथाबाट सेयर बाँडफाँट गर्न सकिने नियम छ । आवेदक धेरै भएका कारण नेपाल हाइड्रोको आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट भएको हो । यस हाइड्रोमा ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका, कुमद दुगड, देव किसन मुन्दडालगायत व्यक्तिहरु सञ्चालक रहेका छन् । हाल कम्पनीको चुक्ता पुँजी २२ करोड १० लाख रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि भने चुक्ता पुँजी २६ करोड रुपैयाँ पुगेको छ । कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गरेको हो । कम्पनीले दोलखा जिल्लामा ३.५२ मेघावाटको चर्नावति हाइड्रोपावर सञ्चालन गर्दै आएको छ ।

Post Your Comment