नेपाल हाइड्रो डेभलपरले बोलायो विशेष साधारण सभा, यस्तो छ एजेन्डा

03 Jan,2018
  • logo_1_3_2018_12_55_50.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल हाइड्रो डेभलपरले सञ्चालक समिति सदस्यको संख्या घटाउन विशेष साधारण सभा बोलाएको छ । कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकको संख्या घटाउने निर्णय गरेपछि सो प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको हो । विशेष साधारण सभा माघ ४ गते महेश्वरी सदन नक्साल, काठमाडौंमा हुनेछ । कम्पनीले दोलखा जिल्लामा ३.५२ मेगावाटको चर्नावती हाइड्रोपावर सञ्चालन गर्दै आएको छ । गत साउनमा आइपीओ निष्कासन गरेको हाइड्रो डेभलपरको अधिकृत पुँजी ६० करोड रुपैयाँ छ । यस हाइड्रोमा ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका, कुमुद दुगड, देव किसन मुन्दडालगायत सञ्चालक छन् ।

Post Your Comment