नेपाल हाइड्रो डेभलपरको विशेष साधारण सभा आज, यस्तो छ एजेन्डा

18 Jan,2018
  • logo_1_3_2018_12_55_50_1_18_2018_10_27_40.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल हाइड्रो डेभलपरको विशेष साधारण सभा बिहीबार (माघ ४ गते) अपरान्ह ४ बजे बस्दैछ । कम्पनीले सञ्चालक समिति सदस्यको संख्या घटाउन विशेष साधारण सभा बोलाएको हो । कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकको संख्या घटाउने निर्णय गरेपछि सो प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाइएको हो । सभा महेश्वरी सदन नक्साल, काठमाडौंमा अपरान्ह ४ बजे सुरु हुनेछ । कम्पनीले दोलखा जिल्लामा ३.५२ मेगावाटको चर्नावती हाइड्रोपावर सञ्चालन गर्दै आएको छ । गत साउनमा आइपीओ निष्कासन गरेको हाइड्रो डेभलपरको अधिकृत पुँजी ६० करोड रुपैयाँ छ । यस हाइड्रोमा ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका, कुमुद दुगड, देव किसन मुन्दडालगायत सञ्चालक छन् ।

Post Your Comment