Market Closed

नेपाल हाइड्रोको खुद नाफा पनि झिनो अन्तरले बढ्यो, प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५६ पैसा

02 Feb,2018
  • nepal-hydro-developer-limited-nhdl_2_2_2018_3_22_26.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल हाइड्रो डेभलपर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड २२ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा रकम गत वर्षको भन्दा १% ले धेरै हो । गत वर्ष कम्पनीले २ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, नेपाल हाइड्रोको विद्युत बिक्रीबाट हुने आम्दानी भने ०.५०% ले घटेर ६ करोड ७७ लाख ३५ हजार रुपैयाँ मात्र भएको छ । गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ८० लाख ८२ हजार रुपैयाँ कमाएको थियो । हाल कम्पनीको सेयर पुँजी २६ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको रिजर्भ कोषमा भने १ करोड ३६ लाख ८५ हजार रुपैयाँ रहेको छ । पुँजीको आधारमा हाइड्रोले रिजर्भ कोषमा धेरैनै रकम बढाउनुपर्ने देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर ८ रुपैयाँ ५६ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ११ रुपैयाँ १३ पैसा रहेको थियो । यता, कम्पनीको प्रतिसेयर नेटवर्थ भने करिब ५ रुपैयाँले बढेर १०५ रुपैयाँ २६ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ५१ पैसा रहेको थियो ।

Post Your Comment