Market Closed

नेसनल हाइड्रोपावरले मंसिर २६ मा बोलायो साधारण सभा, कम्पनी मर्जको प्रस्ताव लगिंदै

17 Nov,2016
  • agm-image_orig_11_17_2016_12_40_57.png
नेपाली पैसा 
 
काठमाडौं : नेसनल हाइड्रोपावर लिमिटेडले मंसिर २६ मा साधारण सभा बोलाएको छ । 
 
कम्पनीले आर्थिक वर्ष २०६९–७० देखि आर्थिक वर्ष २०७१–७२ सम्मको वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने एजेन्डा पेस गरेको छ । 
 
यसैगरी, साधारण सभामा नेसलन हाइड्रोपावरलाई अन्य हाइड्रोपावर कम्पनीसँग मर्ज वा एक्वायर गर्ने अधिकार सञ्चालक समितिलाई अख्तियारी गर्ने प्रस्ताव पनि लगिंदैछ । 
 
लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०६८–६९ देखि २०७१–७२ सम्मको वासलत, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरूमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुँदैछ । 

Post Your Comment