Market Closed

नेसनल हाइड्रोको चार आर्थिक वर्षको साधारण सभा एकसाथ हुँदै, कम्पनीलाई नयाँ गति दिने योजना

11 Dec,2016
  • national_hydro_12_11_2016_11_31_39.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल हाइड्रोपावर कम्पनीको चार वटा आर्थिक वर्षको साधारण सभा आइतबार एक साथ हुँदैछ । 
 
नारायणचौरस्थित नक्साल बैंकेटमा बिहान ११ बजेदेखि कार्यक्रम सुरु भएको छ । लामो समयदेखि सञ्चालकहरू बीच विवादका कारण नेसनल हाइड्रोको साधारण सभा हुन सकेको थिएन ।

वर्षौदेखि लेखापरीक्षण समेत हुन नसक्दा कम्पनीको वास्तविक आयव्याय पनि प्रस्टरूपमा बाहिर आउन नसकेको अवस्था छ । 
 
लथालिङ अवस्थामा रहेको कम्पनीलाई आमूल सुधार गरी अघि बढ्ने योजना अनुसार चार आर्थिक वर्षको साधारण सभा एकसाथ सम्पन्न गर्न लागिएको हो । कम्पनीका अनुसार १६, १७, १८ र १९ औं साधारण सभा आइतबार सम्पन्न गर्न लागिएको हो । 
 
साधारण सभा सम्पन्न गरी कम्पनीलाई नयाँ गति दिने योजना व्यवस्थापनले अघिसारेको छ । सोही योजना अनुसार अहिले रोकिएका साधारण सभा गर्न लागिएको हो । यसैगरी, आर्थिक वर्ष २०६९–०७० देखि २०७१–७२ सम्मको वार्षिक प्रतिवेदनमा पनि छलफल गरी पारित गर्ने एजेन्डा तय गरिएको छ । 
 
लेखापरीक्षणको प्रतिवेदनसहित आर्थिक वर्ष २०६८–६९ देखि २०७१–७२ सम्मको वासलत, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरूमा पनि छलफल गरी पारित गर्ने एजेन्डा प्रस्तुत हुँदैछ ।
 
नेसनल हाइड्रोलाई अन्य हाइड्रोपावर कम्पनीसँग मर्ज वा एक्वायर गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि साधारण सभाको एजेन्डा छ ।  
 
                  
 

Post Your Comment