Market Closed

बैंकहरुमा २२ खर्ब ५२ अर्ब निक्षेप, रफ्तारमा लगानी, कसको कति ? (तथ्यांक सहित)

01 May,2018
  • Capital_bank_img_5_1_2018_7_01_35.jpg
समिर गौतम 
सोभित थपलिया 
 
काठमाडौं : हाल सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी २ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणलाई आधार मान्दा २८ वटा वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी २ खर्ब २० अर्ब १८ करोड ३२ लाख ८३ हजार रुपैयाँ देखिएको हो । चालु आर्थिक वर्षको बजेटसँग तुलना गर्दा यो १७.२१% हुन आउँछ । यसबाट पुँजीका  हिसाबले वाणिज्य बैंकहरुको आकार निकै ठूलो हुँदै गएको बुझ्न सकिन्छ । 
 
यी २८ वटा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाहमा पनि उत्तिकै व्यापकता आउन थालेको छ । तेस्रो त्रैमाससम्म सबै वाणिज्य बैंकहरुले गरी कुल २२ खर्ब ५२ अर्ब २९ करोड ८२ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरेका छन् । पुँजी वृद्धिपछि बैंकहरुले निक्षेप र कर्जा लगानीमा तीब्रता दिनैपर्ने बाध्यता पनि छ । यस अवधिसम्म वाणिज्य बैंकहरुले कुल १९ खर्ब ९१ अर्ब ८८ करोड ४९ लाख ५९ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् । 



सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले मात्रै १ खर्ब ३५ अर्ब २२ करोड ३९ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै, एनआइसी एसियाले १ खर्ब ३३ अर्ब ७२ करोड ८५ लाख ९० हजार, नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब ३३ अर्ब १९ करोड ७४ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरेका  छन् । यता, इन्भेष्टमेन्ट बैंकले यही अवधिमा १ खर्ब १८ अर्ब ८६ ७ लाख ५२ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । यो बाँकी सबै बैंकको भन्दा धेरै हो ।

बैंकहरुको मुख्य आम्दानीमा पनि उल्लेख्य सुधार भएको देखिन्छ । चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकहरुको खुद ब्याज आम्दानी ६७ अर्ब ६१ करोड ५२ लाख ३६ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकले ६ अर्ब १९ करोड २ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तै, नेपाल बैंकको पनि ४ अर्ब ५९ करोड २४ लाख ८९ हजार रुपैयाँ ब्याज आम्दानी रहेको छ । 
 
वित्तीय प्रणलीमा बैंकहरुको महत्वपूर्ण भूमिका रहन्छ । पुँजी वृद्धिपछि बैंकहरुको आकार पनि वृहत्तर बन्दै गएको छ । र, यसै अनुसार लगानी विस्तार गर्न आवश्यक देखिन्छ । अहिले पनि बैंकहरुको निक्षेप र कर्जा लगानी हेर्दा झन्डै मुलुकको अर्थतन्त्रको आकारकै हाराहारीमा पुग्ने अवस्थामा छ ।

आन्तरिक अर्थतन्त्रलाई माथि उकास्न बैंकहरुको लगानी कुन क्षेत्रमा अधिक फोकस हुनुपर्छ भन्ने फेरि अर्को महत्वपूर्ण बहसकाो विषय बन्नुपर्ने अवस्था छ । अहिलेसम्म बैंकहरुको अधिक लगानी अनुत्पादक क्षेत्रमा नै प्रवाह भएको तथ्यांकहरुले देखाउँछ । 
 
 
 
 
 
 
 

Post Your Comment