Market Closed

इन्भेस्टमेन्ट बैंकमा ९२ लाख ८७ हजार रूपैयाँ लाभांश थन्कियो

05 Aug,2016
  • Dividends_8_5_2016_12_46_22.jpg
नेपाली पैसा 
काठमाडौं : नेपाल इन्भेस्टमेन्ट बैंकले पाँच वर्षभन्दा बढी अवधिदेखि नगद लाभांश र बोनस सेयरको प्रमाणपत्र नलिएका सेयरधनीलाई तत्काल लाभांश लिनका लागि सम्पर्क गर्न आग्रह गरेको छ । 
 
पाँच वर्ष नाघेका सेयरधनीले तत्काल बैंकको सेयर रजिस्ट्रार एनआइबीएल क्यापिटल लिमिटेडमा सम्पर्क गरी नगद लाभांश र बोनसको पुर्जा बुझ्न बैंकले सम्बन्धित सेयरधनीलाई अनुरोध गरेको हो ।
 
इन्भेस्टमेन्ट बैंकमा मात्र सर्वसाधारण लगानीकर्ताको ९२ लाख ८७ हजार आठ सय ४४ रूपैयाँ नगद लाभांश थन्किएको छ । बोनस सेयरको अंश पनि ठूलो मात्रामा देखिएको छ । 
 
विदेश गएका, आइपीओ भरे पनि प्रमाणपत्र लिन छुटाएका वा सूचीकृत कम्पनीले दिने लाभांशका बारेमा जानकारी नभएका व्यक्तिको लाभांश रकम र बोनस सेयरको प्रमाणपत्र लामो समयदेखि बैंकमै थन्किएको हो । 
 
यसैगरी, बैंकले १० वर्ष वा त्यसभन्दा बढी अवधिदेखि प्रयोगमा नआएका चल्ती तथा बचत खातामा रहेको निक्षेप रकम दाबी गर्न आउनसमेत सरोकारवालालाई आग्रह गरेको हो । 
 
लामो समयदेखि खातामा भएको रकम निझिक्नेमा नेपालीसहित कपितय विदेशी नागरिकसमेत छन् । विदेशी मुद्रासमेत १० वर्षभन्दा लामो अवधिदेखि रहेको बैंकले जनाएको छ । 
 
सूचीकृत कम्पनीहरूमा नगद लाभांश र बोनस सेयरको प्रमाणपत्र थन्किनेक्रम बढेको छ । सबै सूचीकृत कम्पनीहरूको हिसाब गर्ने हो भने नगद लाभांश करोडौं रूपैयाँ पुगेको छ । 


 

Post Your Comment