Market Closed

अब धमाधम बैंक खातामा नगद, इन्भेस्टमेन्ट र एनआइबीएल क्यापिटलले पनि मागे बैंक खाता

14 Sep,2016
  • nib_9_14_2016_12_32_33.jpg
नेपाली पैसा 
काठमाडौं : वणिज्य बैंकहरूले पनि लगानीकर्ताको नगद लाभांश बैंक खातामै पठाउने तयारी थालेका छन् । 
 
सूचीकृत कम्पनीको यो कदमले लाभांश लिनकै लागि सेयर रजिष्ट्रार र मर्चेन्ट बैंकिङ कार्यालयमा घन्टौं लाइनमा बस्नुपर्ने झन्झटबाट अब सर्वसाधारण लगानीकर्ताले राहत पाउने देखिएको छ । 
 
बैंक तथा वित्तीय संस्था नियामक नेपाल राष्ट्र बैंक र पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले नगद लाभांश अनिवार्यरूपमा बैंक खातामा पठाउन निर्देशन जारी गरेपछि सूचीकृत कम्पनीले यसको पालना गर्न थालेका हुन् । 
 
यही निर्देशनलाई कार्यान्वयन गर्नेक्रममा नेपाल इन्भेस्टमेन्ट बैंकले लगानीकर्ताको बैंक खाता मागेको छ । दसैंअघि साधारण सभा बोलाएको इन्भेस्टमेन्टले सबै सेयरधनीलाई आफ्नो बैंक खाता एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेडमा बुझाउन आग्रह गरेको छ । 
 
क्लियरिङ हाउसको सदस्य भएको जुनसुकै बैंकको खाता भए पनि अब सोही खातामा नगद लाभांश जम्मा हुनेछ । लगानीकर्ताले पहिलोपटक खातासहित अन्य विवरण तोकिएको फारममा भरेर बुझाउनुपर्नेछ । इन्भेस्टमेन्ट बैंकले फारम अनलाइनमा डाउनलोड गरेर पनि भर्न सक्ने सुविधा दिएको छ । 

 
इन्भेस्टमेन्ट बैंकमै खाता भएका सेयरधनीले अनलाइनबाटै फारम भरेर पनि बुझाउन सक्नेछन् । यसका लागि डब्लूडब्लूडब्लू डट एनआइबीएलक्यापिटल डट कम मा गएर फारम लिन सकिनेछ । 
 
यसैगरी, एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेडले पनि म्युचुअल फन्डका लगानीकर्ताको नगद लाभांश बैंक खातामै पठाउने भएको छ । एनआइबीएल समृद्धि फन्ड–१ का युनिटहोल्डरसँग कम्पनीले बैंक खाता मागेको छ ।
 
 इन्भेस्टमेन्ट बैंकमा खाता हुनेले अनलाइनमार्फत निवेदन दिन सक्नेछन् । खाताका साथ लगानीकर्ताले डिम्याट नम्बर, बाबु, बाजेको नाम, बैंक खाता नम्बरलगायतका विवरण भर्नुपर्नेछ । 

 

Post Your Comment