Market Closed

नेपाल इन्भेष्टमेण्टको चुक्ता पूँजी ८ अर्ब ७१ करोड

28 Sep,2016
  • nepal_investment_resize_9_29_2016_11_21_34.jpg
नेपाल इन्भेष्टमेण्टको चुक्ता पूँजी ८ अर्ब ७१ करोड
नेपाल इन्भेष्टमेण्ट बैङ्कले चुक्ता पूँजी ८ अर्ब ७१ करोड रुपैयाँ पुर्‍याएको छ । बैङ्क सञ्चालक समितिको २१ प्रतिशत बोनस शेयर दिने प्रस्ताव साभारणसभाले पारित गरेपछि बैङ्कले राष्ट्र बैङ्कको निर्देशन बमोजिमको पूँजी पुर्‍याएको बताएको छ । बैङ्कको मङ्गलवार सम्पन्न  साधारणसभाले २० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ । योसँगै राष्ट्र बैङ्कद्वारा निर्धारित चुक्ता पूँजी पूरा गर्ने नेपाल इन्भेष्टमेण्ट निजीक्षेत्रको पहिलो वाणिज्य बैङ्क बनेको जारी विज्ञप्तिमा उल्लेख छ । बैङ्कको कुल पूँजी कोष १६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । सभाबाट भुवनेश्वरप्रसाद शाह र निराजनमान श्रेष्ठ बैङ्कका साधारण शेयरधनीको तर्फबाट र तथा विनोदकुमार गुरागाईं राष्ट्रिय वाणिज्य बैङ्कको प्रवद्र्धन समूहको प्रतिनिधित्व गर्दै सञ्चालकमा चुनिएको बैङ्कले बताएको छ । हाल बैङ्कले १ खर्ब ८ अर्ब ६३ करोड निक्षेप सङ्कन गरी ८७ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको बताएको छ ।

Post Your Comment