Market Closed

इन्भेस्टमेन्टले आफू दमदार भएको फेरि प्रमाणित गर्यो, तीन महिनामै खुद नाफा ७४ करोड

07 Nov,2016
  • nib_11_7_2016_10_12_55.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल इन्भेस्टमेन्ट बैंकले पहिलो त्रैमासमा आफूलाई निकै दमदार भएको प्रमाणित गर्न सफल भएको छ । 
 
पहिलो त्रैमासमै खुद नाफा ७४ करोड आठ लाख रूपैयाँ कमाएर समकालीन बैंकहरूमा आफ्नो स्थान थप मजुबत बनाएको जनाउ दिएको हो । 
 
इन्भेस्टमेन्टले गत वर्षको यही अवधिको तुलनामा खुद नाफा ३१ करोड ६९ लाख ६२ हजार रूपैयाँ बढाउन सफल भएको छ । जबकी गत वर्ष यसै बेला बैंकको खुद नाफा जम्मा ४२ करोड ३८ लाख ३४ हजार रूपैयाँमात्र थियो । 
 
इन्भेस्टमेन्टको अर्को महत्वपूर्ण पक्ष भनेको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि ह्वात्तै वृद्धि गर्न सक्नु हो । बैंकको प्रतिसेयर आम्दानी ३४.०३ रूपैयाँ पुगेको छ । गत वर्ष पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी २६.७२ रूपैयाँमात्र थियो । 
 
चुक्ता पुँजी बढ्दै जाँदा अन्य कतिपय वित्तीय संस्थाको खुद नाफा बढे पनि प्रतिसेयर आम्दानी घट्दै गएको बेला इन्भेस्टमेन्टले भने यस्तो आम्दानीमा पनि अब्बल देखाउन सफल भएको हो । 
 
प्रतिसेयर आम्दानी उच्च हुनु लगानीकर्ताका लागि खुशीको विषय हो । प्रतिसेयर आम्दानीका आधारमा हामी बैंकले लगानीकर्तालाई एक कित्ता बराबर अधिकतम कति प्रतिशतसम्म लाभांश दिन सक्छ भनेर सामान्य अनुमान लगाउन सक्छौं । 
 
बैंकले फराकिलो अन्तरले नाफा बढाउन सक्नुमा ब्याज आम्दानी प्रमुख आधार हो । इन्भेस्टेमन्टले यसपटक खुद ब्याज आम्दानीमात्र एक अर्ब १० करोड ९६ लाख ८२ हजार रूपैयाँ कमाएको छ । 
जबकी बैंकको गत वर्ष यही बेला खुद ब्याज आम्दानी जम्मा ६४ करोड ८५ लाख आठ हजार रूपैयाँमात्र थियो । 
 
फि, कमिसन, डिस्काउन्ट शीर्षकमा पनि बैंकले झन्डै १७ करोड रूपैयाँ आम्दानी गरेको छ । बैंकको डलर कारोबारबाट हुने आम्दानी पनि १५ करोड ६९ लाख ८६ हजार रूपैयाँ पुगेको छ । 
इन्भेस्टमेन्टको चुक्ता पुँजी र रिजर्भ कोषको आकार झन्डै बराबरी जस्तो देखिएको छ ।

चुक्ता पुँजी आठ अर्ब ७० करोड ६६ लाख १२ हजार रहेको यो बैंकको रिजर्भ कोषमा आठ अर्ब ३२ करोड १९ लाख ३९ हजार रूपैयाँ जम्मा भइसकेको छ । 
 
रिजर्भ कोष बलियो हुँदा बैंकको मजबुत अवस्था रहेको बुझ्न सकिन्छ । खराब कर्जा अनुपात ०.७१ प्रतिशत अनि प्रतिसेयर नेटवर्थ १९५.५८ रूपैयाँ छ । 
 

Post Your Comment