Market Closed

इन्भेस्टमेन्ट बैंकको नगद लाभांश वितरण हुँदै, तपाईको पालो कहिले परेछ ? हेर्नुस् तालिका

13 Nov,2016
  • nib_11_13_2016_2_22_41.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्भेस्टमेन्ट बैंकले आइतबारदेखि नगद लाभांशको चेक वितरण गर्न थालेको छ । 
 
बैंकले एनआइबीएल क्यापिटल लिमिटेड, लाजिम्पाटबाट नगद लाभांशको चेक वितरण गर्न सुरु गरेको हो ।
 
 डिम्याट खाता उपलब्ध नगराएका अनि डिम्याट खाता दिए पनि विविध कारणले खाता नमिलेका सेयरधनीले एनआइबीएल क्यापिटलबाटै नगद लाभांशको चेक पाउनेछन् । 
 
इन्भेस्टमेन्टले लगानीकर्तालाई गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश दिएको हो । बोनस सेयर डिम्याट खातामा जम्मा हुनेछ । 
खाता नम्बर नमिलेकाले एनआइबीएल क्यापिटलमा सम्पर्क गर्न यसअघि सूचना जारी भइसकेको छ । 
 
बैंकले डिम्याट खाता नम्बरका आधारमा कात्तिक २८ देखि मंसिर १५ सम्ममा लाभांश वितरण गरिसक्ने तालिका सार्वजनिक गरेको छ । 
 
डिम्याट खाता दिएर कात्तिक १२ गतेसम्म खातामा पैसा जम्मा नभएकाहरू पनि चेक लिन एनआइबीएल क्यापिटल लिमिटेडमै धाउनुपर्नेछ । 
 
                 डिम्याट खाता नम्बरका आधारमा नगद लाभांश वितरण हुने तालिका 

Post Your Comment