Market Closed

इन्भेष्टमेन्ट बैंक झन बलियो बन्दै : पुँजी, नाफा, रिजर्भमा देखियो यस्तो प्रगति

28 Jan,2018
  • Nepal-investment-bank-Ltd_1_28_2018_10_43_19.jpg
नेपाली पैसा
 
काठमाडौं : सबैभन्दा मजबुद बैंक कहलिएको नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मध्यम खालको रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले यो त्रैमासमा १ अर्ब ८३ करोेड ४ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको त्रैमासको भन्दा १५.४९% ले धेरै हो । गत वर्ष इन्भेष्टमेन्टले १ अर्ब ५८ करोड ४९ लाख ६८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यता, बैंकले खुद ब्याज आम्दानी पनि १५.६३% ले बढात्तरी गरेर २ अर्ब ६८ करोड ५६ लाख २८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष इन्भेष्टमेन्टले २ अर्ब ३२ करोड २४ लाख ४१ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, बैंकको सञ्चालन नाफा पनि २ अर्ब ३२ करोडबाट बढेर २ अर्ब ४४ करोड ६४ लाख ४० हजार रुपैयाँ पुगेको छ । बैंकलाई खुद नाफा वृद्धि गर्न खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भएको प्रगतिले सपोर्ट गरेको हो । निक्षेप १ खर्ब १६ अर्ब रुपैयाँबाट बढोत्तरी गरेर १ खर्ब २९ अर्ब ८४ करोड ५३ लाख २४ हजार रुपैयाँ पुर्याएको इन्भेष्मेन्टले १ खर्ब १३ अर्ब ६७ करोड ११ लाख ५५ हजार रुपैयाँ कर्जामा लगानी गरेको छ । यस्तै, बैंकले ३२ करोड ८५ लाख ६५ हजार रुपैयाँ राइट ब्याक गर्न पनि सफल भएको छ । यता, बैंकको खराब कर्जा बढेर १.१२% हुन पुगेको छ । गत वर्ष इन्भेष्टमेन्टको खराब कर्जा ०.७०% मात्र रहेको थियो ।
 
चुक्ता पुँजी १० अर्ब ६२ करोड ६४ लाख ३६ हजार रुपैयाँ रहेको बैंकको रिजर्भमा पनि ९ अर्ब ९१ करोड १९ लाख ३३ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजीको आधारमा बैंकको रिजर्भ कोषमा भएको रकमलाई धेरै राम्रो मान्न सकिन्छ । गत वर्ष बैकको चुक्ता पुँजी ८ अर्ब ७० करोड ६६ लाख १२ हजार रुपैयाँ थियो भने रिजर्भमा ९ अर्ब १९ करोड ६१ लाख ७ हजार रुपैयाँ थियो । कस्ट अफ फन्ड करिब दोब्बरले बढेर ६.२१% भएको छ । गत वर्ष बैंकको कस्ट अफ फन्ड ३.५३% मात्र रहेको थियो । कर्जा निक्षेप अनुपात ७८.४७% छ । इन्भेष्टमेन्टको प्रतिसेयर आम्दानी पनि करिब २ रुपैयाँले घटेर ३४ रुपैयाँ ४५ पैसा (वार्षिक) भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ४१ पैसा (वार्षिक) रहेको थियो । प्रतिसेयर नेटवर्थ पनि १२ रुपैयाँले घटेर १९३ रुपैयाँ २८ पैसा भएको छ । गत वर्ष बैंकको प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ २८ पैसा रहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको प्रगति विवरण यहाँ पूरा हेर्नुहोस
http://http://www.nepalipaisa.com/documentviewer.aspx/NIB/Nepal%20Investment%20Bank%20Limited/file/nepal_investment_bank_ltd,_2nd_qtr_watermark_1_28_2018_10_43_50_AM.pdf

Post Your Comment