इन्भेष्टमेन्ट बैंकले १५% बोनस सेयर पठायो खातामै, नपाउनेले अब के गर्ने ?

03 May,2018
  • Nepal-investment-bank_5_3_2018_5_25_55.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंकले १५% बोनस सेयर डिम्याट खातामा जम्मा गरिदिएको छ । गत असोज १७ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीलाई बोनस सेयर खातामै जम्मा गरिएको बैंकले जानकारी गराएको छ । असोज १७ पछि सेयर डिम्याट गरेकाहरुले भने डिम्याट खाताको विवरण जानकारी गराएपछि मात्र बोनस पाउनेछन् । हालसम्म डिम्याट खाता खोल्न बाँकी रहेका सेयरधनीलाई तत्काल खाता खोली डिम्याट गर्न पनि बैंकले भनेको छ ।
 
यता, सेयर धितो राखेर कर्जा लिएकाहरुको भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र पेश गरेपछि मात्र बोनस खातामा जम्मा हुनेछ । नेपाल इन्भेष्टमेन्ट बैंकले कात्तिक ७ गते वार्षिक साधारण सभा गरी १५% बोनस सेयर र २५% नगद लभांश दिने प्रस्ताव पारित गरेको थियो ।
 
 
 

Post Your Comment