Market Closed

स्थानीय तहमा बैंकिङ पहुँच बढ्दै, इन्भेष्टमेन्ट बैंक पुग्यो रोल्पाको त्रिवेणी गाउँ

30 May,2018
  • Nepal-investment-bank-Ltd_5_30_2018_4_39_47.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैकले रोल्पाको त्रिवेणी गाउँपालिकास्थित जुगारमा आफ्नो ७१ औं शाखा स्थापना गरेको छ । बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरेको जनाएको छ । 
 
२२ हजार भन्दा बढी जनसंख्या रहेको त्रिवेणी गाउपालिकामा बैंकले वित्तीय कारोबारमा सहजता प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई प्रत्येक स्थानीय निकायमा शाखा स्थापना गर्न सर्कुलर जारी गरेपछि बैंकहरु धमाधम शाखा विस्तार गर्न बाध्य भएका छन् ।

Post Your Comment