Market Closed

एनआइबीएल प्रगति फन्ड यसरी भयो बाँडफाँड, सबैले पाए माघ ३ गतेदेखि पैसा फिर्ता

12 Jan,2017
  • niblcapital_1_12_2017_12_27_38.jpg
 नेपाली पैसा 

काठमाडौं :  एनआइबीएल प्रगति फन्ड बाँडफाँड भएको छ । बुधबार साँझ एक कार्यक्रमबीच यो फन्ड बाँडफाँड गरिएको हो । सबै आवेदकले यो फन्ड हात पारेका छन् । गत मंसिर २० देखि २५ गतेसम्म प्रतिइकाई १० रूपैयाँ मूल्यको ७५ करोड रूपैयाँ बराबरको सात करोड ५० लाख इकाई बिक्री खुला गरिएको थियो । सुरुमा ६० करोड रूपैयाँ बराबरको ६ करोड इकाई बिक्री खुला गरिएकामा आवश्यकताभन्दा बढी माग पर्न आएपछि २५प्रतिशत इकाई थप गरिएको हो ।
 
 मागभन्दा बढी आवेदन परेमा म्युचुअल फन्डका इकाईहरू २५ प्रतिशतसम्म बढाएर बिक्री गर्न पाइने नियम छ । यही प्रावधान अनुसार एनआइबीएल क्यापिटलले प्रगति फन्डको २५ प्रतिशत इकाई बढाएको थियो । ५० हजारसम्म आवेदन दिने साना लगानीकर्ताले ५१ प्रतिशत र त्यसभन्दा बढी आवेदन दिने ठूला लगानीकर्ताले १७.१२ प्रतिशत हाराहारीमा इकाई हात पारेका छन् ।  
 
एनआइबीएल क्यापिटल लिमिटेडका मर्चेन्ट बैंकिङ प्रमुख बद्री प्याकुरेलले सबै आवेदकले प्रगति फन्डको इकाई पाएको जानकारी दिए । आवेदन दिएजति इकाई नपाउनेको पैसा र बाँडफाँडपत्र माघ ३ गते सोमबारदेखि फिर्ता दिइने भएको. छ । लगानीकर्ताले आफूले आवेदन दिएकै केन्द्रबाट पैसा र बाँडफाँडपत्र पाउनेछन् । 

Post Your Comment