एनआइबीएल प्रगति फन्डको पहिलो कारोबार १० रुपैयाँमा

28 Mar,2017
  • nibl-pragati-fund_3_28_2017_11_24_37.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल प्रगति फन्डको सात करोड ५० लाख इकाई मंगलबारदेखि नेप्सेमा कारोबार सुरु भएको छ । नेप्सेले यो फन्डको पहिलो कारेबारका लागि न्यूनतम १० रुपैयाँ मूल्य तोकेको छ । फन्डको प्रतिइकाई १० रुपैयाँबार्ट पहिलो कारेबार सुरु भएको हो ।
 
यो फन्डको कुल जारी इकाई सात करोड ५० लाख छ भने खुद सम्पत्ति ७३ करोड २७ लाख ५७ हजार ५१२ रुपैयाँ छ । फागुन मसान्तसम्मको रिपोर्ट हेर्दा एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ९१ पैसा छ । यो फन्डको सूचीकृत सेयरमा १२ करोड ७८ लाख रुपैयाँ भन्दन धेरै लगानी गरेको छ ।
 
 
 

Post Your Comment