Market Closed

एनआइबीएल समृद्धि र प्रगति फन्डले सेयर बजार घट्दा कस्तो गरे त प्रगति ?

29 Jan,2017
  • nidc-capital-markets-Ltd_1_29_2017_1_22_47.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल समृद्धि फन्ड–१ को प्रतिइकाई खुद सम्पति मूल्य १३ रुपैयाँ ६९ पैसा पुगेको छ । मंसिरको तुलनामा पुसमा यो समृद्धि फन्डको प्रतिइकाई खुद सम्पति मूल्य १३ पैसाले घटेको हो । यो फन्डको कुल स्किम १० करोड युनिट अनि खुद सम्पति एक अर्ब ३६ करोड ९२ लाख २९ हजार १८९ रुपैयाँ रहेको छ । एनआइबीएल समृद्धि फन्डको कुल ८८ वटा कम्पनीको सेयरमा लगानी छ । पुस महिनाको रिपोर्ट अनुसार यस फन्डले सबै भन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–१ को १५ लाख ६४ हजार इकाईमा लगानी गरेको छ । यस्तै, कुल ९७ करोड ९८ लाख ७७ हजार ३६ रुपैयाँ बराबरको सेयरमा पनि यस फन्डको लगानी देखिन्छ । एनआइबीएल समृद्धि फन्ड–१ को योजना व्यवस्थापक एनआइबीएल क्यापिटल मार्केट्स हो । 
 
यसैगरी, एनआइबीएल क्यापिटल मार्केट्स नै योजना व्यवस्थापक रहेको अर्को योजना एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद सम्पति मूल्य पुसमा नौ रुपैयाँ ९३ पैसामात्र देखिएको छ । कुल २६ वटा कम्पनीमा यो प्रगति फन्डको सेयर लगानी रहेको छ । यो फन्डले सबै भन्दा धेरै सानिमा बैंक लिमिटेडको पाँच हजार ५७० कित्ता सेयर किनेको छ । कुल चार करोड ६ लाख २४ हजार ६८२ रुपैयाँ बराबरको सेयरमा लगानी देखिएको छ । यो प्रगति फन्डको खुद सम्पति ७४ करोड ४९ लाख ५३ हजार २१९ रूपैयाँ रहेको छ भने बैंकमा ७१ करोड ४४ लाख ७६ हजार ३३० रूपैयाँ निक्षेप रहेको छ । 
 
 

Post Your Comment