Market Closed

एनआइबीएल सम्वृद्धि र प्रगति फन्डले कुन–कुन कम्पनीको सेयरमा गरे धेरै लगानी ?

26 Feb,2017
  • nibl-samriddhi-fund-1_2_26_2017_2_03_26.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल सम्वृद्धि फन्ड–१ को प्रतिइकाई खुद मूल्य १२ रुपैयाँ ९ पैसा पुगेको छ । पुस मसान्तमा १३ रुपैयाँ ६९ पैसा रहेको प्रतिइकाई खुद मूल्य माघमा एक रुपैयाँ ६० पैसाले घटेको हो । एनआइबीएल सम्वृद्धि फन्ड–१ को जम्मा इकाई १० करोड छ भने माघ मसान्तमा खुद सम्पति एक अर्ब २० करोड ९१ लाख दुई हजार ९३० रुपैयाँ छ । खुद सम्पति पुस महिनाको भन्दा १६ करोड एक लाख २६ हजार २५९ रुपैयाँ कम हो । एनआइबीएल सम्वृद्धि फन्ड–१ को कुल ८८ वटा कम्पनीमा लगानी छ । सेयर बजारको घट्दो क्रमसँगै यस फन्डले सेयर लगानी पनि घटाएको देखिन्छ । माघ महिनाको रिपोर्ट अनुसार यो फन्डले कुल ८५ करोड एक लाख ४२ हजार ९९७ रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ ।

फन्डको लगानी पुस महिनाको भन्दा १२ करोड ९७ लाख ३४ हजार रुपैयाँ थोरै हो । फन्डले सबै भन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ को १५ लाख ६४ हजार इकाई होल्ड गरेको छ भने एभरेष्ट बैंकको ३० हजार १२६ कित्तामा पाँच करोड एक लाख ५९ हजार ७९० रुपैयाँ लगानी गरेको छ । एनआइबीएल सम्वृद्धि फन्ड–१ को योजना व्यवस्थापक एनआइबीएल क्यापिटल मार्केट्स हो ।
यसैगरी, एनआइबीएल क्यापिटल मार्केट्स नै योजना व्यवस्थापक रहेको अर्को एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद सम्पति मूल्य पनि माघमा नौ रुपैयाँ ७७ पैसामा आएको छ । यो फन्डको पुस मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य नौ रुपैयाँ ९३ पैसा थियो ।

प्रगति फन्डको जम्मा जारी इकाई सात करोड ५० लाख छ भने खुद सम्पति ७३ करोड २७ लाख ५७ हजार ५१२ रुपैयाँ छ । यो प्रगति फन्डले कुल २९ वटा कम्पनीमा लगानी गरेको छ । अघिल्लो महिना फन्डको लगानी जम्मा २६ वटा कम्पनीमा थियो । यो फन्डको सबै भन्दा धेरै नेपाल दूरसञ्चार लिमिटेडको २० हजार ४३५ कित्ता सेयरमा लगानी गरेको छ । यो फन्डले भने पुसको तुलनामा माघमा ११८.१०% ले लगानी वृद्धि गरेको छ । पुसमा कुल चार करोड ६ लाख २४ हजार ६८२ रुपैयाँ बराबरको सेयरमा लगानी रहेकोमा माघ मसान्तसम्ममा लगानी आठ करोड ८६ लाख तीन हजार ४३६ रुपैयाँ पुगेको छ । 

Post Your Comment