एनआइबीएल प्रगति र समृद्धि फन्डको कात्तिक महिनामा कति आयो प्रतिइकाई खुद मूल्य ?

26 Nov,2017
  • nibl_capital_11_26_2017_5_10_23.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइबीएल प्रगति फन्डएनआइबीएल समृद्धि फन्ड–१ ले कात्तिक मसान्तको प्रगति विवरण सार्वजनिक गरेका छन् । कात्तिक मसान्तमा यी दुवै योजनाको प्रतिइकाई खुद मूल्यमा गिरावट आएको छ । प्रगति फन्डको प्रतिइकाई खुद मूल्य ५४ पैसाले घटेर ९ रुपैयाँ ३७ पैसामा सीमित भएको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद मूल्य ९ रुपैयाँ ९१ पैसा थियो । यस फन्डको सूचीकृत सेयरमा लगानी ३ करोड १२ लाख ४० हजार ६५४ रुपैयाँले घटेर ६० करोड ७३ लाख ७६ हजार ४८८ रुपैयाँ कायम भएको छ । फन्डले कुल ५८ कम्पनीको सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै नेपाल बैंकको ४५ हजार ५३९ कित्ता सेयर होल्ड गरेको छ । लगानी रकमका आधारमा भने सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्समा ३ करोड ६० लाख १९ हजार ७२० रुपैयाँ लगानी गरेको छ । प्रगति फन्डको जम्मा जारी इकाई ७ करोड ५० लाख हो ।

यता, एनआइबीएल समृद्धि फन्डको प्रतिइकाई खुद मूल्य पनि ४९ पैसाले घटेर १२ रुपैयाँ ८२ पैसामा आएको छ । यसले ८० वटा सूचीकृत कम्पनीमा ९५ करोड ९८ लाख ५ हजार १४१ रुपैयाँ लगानी गरेको छ । सेयर लगानी पनि अघिल्लो महिनाको तुलनामा थोरै हो । अघिल्लो महिना यस फन्डले १ अर्ब २ करोड ५४ लाख ९३ हजार ७३९ रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । समृद्धि फन्डले सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको ५८ हजार १३९ कित्ता सेयर होल्ड गरेको छ । फन्डको सार्वजनिक निष्कासन तथा हकप्रद र बोनस सेयरमा पनि ५ करोड २५ लाख २३ हजार १२२ रुपैयाँ लगानी रहेको छ । यसको जम्मा जारी इकाई १० करोड हो ।
 
 
 
 

Post Your Comment