एनआइबीएलका दुवै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य घट्यो

26 Feb,2018
  • mutual-fund-_2_23_2018_11_32_15_2_26_2018_1_54_33.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइबीएल प्रगति फन्ड र एनआइबीएल समृद्धि फन्ड–१ ले माघ मसान्तको प्रतिइकाई खुद मूल्य सार्वजनिक गरेका छन् । माघमा यी दुवै योजनाको प्रतिइकाई खुद सम्पति मूल्यमा गिरावट आएको छ । प्रगति फन्डको प्रतिइकाई खुद मूल्य ४० पैसाले घटेर ८ रुपैयाँ ७३ पैसामा आएको छ । अघिल्लो महिनामा यो फन्डको प्रतिइकाई खुद मूल्य ९ रुपैयाँ १६ पैसा थियो ।

फन्डको सूचीकृत सेयरमा लगानी पनि ३ करोड २१ लाख ४७ हजार ६९५ रुपैयाँले घटेर ५५ करोड ७२ लाख ३१ हजार ६३९ रुपैयाँ पुगेको छ । यो फन्डले कुल ५९ कम्पनीको सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै नेपाल बैंकको ४५ हजार ५३९ कित्ता सेयर होल्ड गरेको छ । लगानी रकमका आधारमा भने सबैभन्दा धेरै नेसनल लाइफ इन्सुरेन्समा ३ करोड २२ लाख ४४ हजार ३५४ रुपैयाँ लगानी गरेको छ । प्रगति फन्डको जम्मा जारी इकाई ७ करोड ५० लाख हो ।
 
यता, एनआइबीएल समृद्धि फन्ड १ को प्रतिइकाई खुद सम्पति मूल्य पनि ४१ पैसाले घटेर १२ रुपैयाँ २० पैसामा सीमित भएको छ । यसले ७८ वटा सूचीकृत कम्पनीमा ८५ करोड ६८ लाख ६० हजार ३८ रुपैयाँ लगानी गरेको छ । सेयर लगानी पनि अघिल्लो महिनाको तुलनामा घटेको हो । अघिल्लो महिना फन्डले ८९ करोड ३६ लाख ४८ हजार ६६२ रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । समृद्धि फन्डले सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको ६९ हजार ६४५ कित्ता सेयर होल्ड गरेको छ । फन्डको सार्वजनिक निष्कासन तथा हकप्रद र बोनस सेयरमा पनि ६ करोड ८४ लाख २१ हजार ६९६ रुपैयाँ लगानी रहेको छ । यसको जम्मा जारी इकाई १० करोड हो ।

Post Your Comment