म्युचुअल फन्डहरुमा सेयर बजारको यसरी देखियो प्रभाव, बैंकमा कति राखे पैसा

30 Nov,2018
  • mutual_fund_11_30_2018_8_42_09.jpg
नेपाली पैसा 
 
काठमाडौं : पुँजी बजार घटेको असर म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) मा प्रस्ट देखिएको छ । हाल सञ्चालनमा रहेका सबै म्युचुलअ फन्डहरुको न्याभ कात्तिकमा घटेको छ । म्युचुअल फन्डहरुको लगानीको प्रमुख हिस्सा सेयर बजार हो । यसर्थ, सेयरको भाउ घट्दा न्याभ पनि प्रत्यक्ष प्रभावित हुन पुगेको हो ।

सेयर बजार माथि लागेका बेला न्याभमा पनि सुधार हुने गरेको विगतका उदाहरण छन् । तर म्युचुअल फन्डहरुले सेयर बजार घटे पनि तुलनात्मक रुपमा त्यसतर्फ लगानी वृद्धि गर्न सकेका छैनन् । उनीहरु बैंकको मुद्दति निक्षेपमा आकर्षित भएको देखिन्छ । कल तथा बचत खातामा राख्ने पैसा पनि प्राय सबैले घटाएका छन् । 


 
कात्तिक महिनामा अधिकांश म्युचुअल फन्डहरुले बैंक मौज्दात घटाएका हुन् । हाल सञ्चालनमा रहेका १३ मध्ये १० वटा म्युचुअल फन्डको बैंक मौज्दात असोजको तुलनामा घटेको छ । म्युचुअल फन्डहरुले कल तथा बचत खातामा राख्ने पैसालाई बैंक मौज्दात शीर्षकमा उल्लेख गरेका हुन्छन् । यसबाहेक अर्को मुद्दति निक्षेपमा उनीहरुले पैसा राख्छन् ।  
 
पछिल्लो समयमा धितोपत्र बजार निरन्तरजस्तै ओरालो लागिरहेको छ । बिहीबार नेप्से ३ वर्ष यताकै न्यूनतम विन्दुमा पुगेर बन्द भएको छ । बजार घटेको समयमा फन्डहरुले सेयरमा लगानी बढाउनुपर्ने जानकारहरुको धारणा छ ।

यसबाट बियरिस बजारलाई रोक्न केही हदसम्म सघाउ पुग्नेछ । तर म्युचुअल फन्डहरु बढीजसो बैंक ब्याजदरमै रमाउनेक्रम पनि बढ्दो अवस्थामा छ । फन्डहरुले आक्रामक हिसाबले लगानी गरेमा सेयर बजार पनि केही हदसम्म माथि लैजान सहयोग पुग्ने विश्लेषकहरुको भनाई छ । 
 

Post Your Comment