Market Closed

एनआइबीएल समृद्धिको ६.५% प्रतिफल सुरक्षित गर्ने अन्तिम मिति कहिले ?

17 Sep,2019
  • dividends_9_17_2019_12_10_33.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनआइबीएल समृद्धि फन्ड–१ ले नगद लाभांश (प्रतिफल) वितरण गर्न बुक क्लोज मिति तय गरेको छ । फन्डले ६.५% नगद लाभांश वितरण गर्न असोज ७ गते बुक क्लोज गर्नेछ । असोज ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश दाबी गर्न पाउनेछन् । 
 
एनआइबीएल समृद्धि फन्डले यो लाभांश आर्थिक वर्ष २०७५–७६ को नाफाबाट वितरण गर्न लागेको हो । योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटलको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित ६.५५% नगद दिने घोषणा गरेको हो ।
 
यसआधारमा फन्डले ६ करोड ५० लाख रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । अघिल्लो वर्ष फन्डले १२% नगद लाभांश वितरण गरेको थियो । यो फन्डको योजना व्यवस्थापकमा एनआइबीएल एस क्यापिटल रहेको छ । यसलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्रवद्र्धन गरेको हो । 
 

Post Your Comment