Market Closed

एनआइबीएल समृद्धिको नबिल बैंकमा अधिक लगानी

29 Dec,2019
  • mutual_fund_6_2_12_29_2019_5_26_42.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल समृद्धि फन्ड–१ को मंसिर महिनामा प्रतिइकाई खुद मूल्य (न्याभ) ९ रुपैयाँ ६७ पैसा कायम भएको छ । यो कात्तिकको भन्दा २९ पैसाले धेरै हो । कात्तिकमा यसको न्याभ ९ रुपैयाँ ३८ पैसा रहेको थियो । यस फन्डले सूचीकृत सेयरमा ३.७६% लगानी बढाएर ६९ करोड ६७ लाख ५८ हजार ४१२ रुपैयाँ पुर्याएको छ । अघिल्लो महिना सूचीकृत सेयरमा ६७ करोड १४ लाख ७८ हजार ९२७ रुपैयाँ लगानी थियोे । 
 
मंसिर मसान्तसम्म यस फन्डले ८७ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ । यो फन्डको सबैभन्दा धेरै लगानी नबिल बैंकमा रहेको छ । यसले नबिलको ६२ हजार ७७७ कित्ता सेयरमा ४ करोड ६२ लाख ६६ हजार ६४९ रुपैयाँ लगानी गरेको हो । एनआइबीएल समृद्धि फन्ड–१ को बैंक मौज्दात २. ८१% ले घटेर १२ करोड ७६ लाख ७६ हजार ७५७ रुपैयाँमा सीमित भएको छ । कात्तिकमा यसको बैंक मौज्दातमा १३ करोड १३ लाख ६९ हजार ५६७ रुपैयाँ थियो । 
  

Post Your Comment