Market Closed

एनआइसी एसियाको २६ प्रतिशत बोनस, १.३७ प्रतिशत नगद, बोनसपछि १५ प्रतिशत हकप्रद

26 Aug,2016
  • nic-asia_8_26_2016_1_51_46.jpg
नेपाली पैसा
काठमाडौं : एनआइसी एसिया बैंकले २७.३७ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको शुक्रबार बिहान बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई २६ प्रतिशत बोनस सेयर र १.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले सञ्चालक समितिको प्रस्ताव नेपाल स्टक एक्सचेन्जलाई पनि जानकारी गराएको छ । एनआइसी एसियाले बोनस सेयर वितरण गरेपछि फेरि १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी वृद्धि गर्न बैंकले आकर्षक बोनस र त्यसपछि हकप्रद सेयरको प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको प्रस्ताव नियामक नेपाल राष्ट्रको अनुमति र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।

एनआइसी एसियाको हाल चुक्ता पुँजी चार अर्ब ५७ करोड ५३ लाख ७४ हजार रूपैयाँ छ भने रिजर्भ कोषमा दुई अर्ब ८७ करोड ३८ लाख ५९ हजार रूपैयाँ जम्मा भइसकेको छ ।

आर्थिक वर्ष २०७२–७३ मा बैंकले एक अर्ब सात करोड ९१ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो ।

Post Your Comment