Market Closed

एनआइसीले गर्यो दुर्घटनामा परेका ग्राहकको ५ लाखको बिमा रकम भुक्तानी

11 Jan,2019
  • WhatsApp_Image_2019-01-10_at_6.32.09_PM_(1)_1_11_2019_4_27_40.jpeg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया बैंकले बचत खातामा दिएको ५ लाखको दुर्घटना बिमा बापतको रकम भुक्तानी गरेको छ । बैंकमा प्रिमियम समुन्नती बचत खाता खोलेका ग्राहक राज कृष्ण श्रेष्ठको दुर्घटनामा परी निधन भएपछि उनको दुर्घटना बिमा बापतको रकम छोरा रजत कृष्ण श्रेष्ठलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
 
निधन भएका श्रेष्ठले प्रिमियम समुन्नती बचत खाता खोल्दा ५ लाख बराबरको निःशुल्क दुर्घटना बिमा पाएका हुन् । बैंकले उक्त बचत खाता खोल्दा स्वतःं बिमा हुने व्यवस्था गरेको थियो ।
 
बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले दुर्घटना बिमा वापतको चेक हस्तान्तरण गरेका छन् । बैंकको निक्षेप योजनाको क्षतिपुर्ती रकम खातावालको परिवारको चोटमा सानो भएपनि मलम लगाएको उनले बताए । 

Post Your Comment