Market Closed

एनआइसी एसियाको ४४ लाख इकाई ऋणपत्रले कति पायो रेटिङ ?

11 Jul,2019
  • nic_asia_agm_12_19_2018_10_42_40.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया बैंकको ४ अर्ब ४० करोड रुपैयाँ बराबारको ऋणपत्रले ‘केयर एनपी ए’ रेटिङ पाएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो ऋणपत्रलाई पर्याप्त सुरक्षा जनाउने रेटिङ दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ४४ लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 
 
एनआइसी एसियाले ७ वर्ष अवधिको ‘एनआइसी एसिया ऋणपत्र २०८३/८४’ निष्कासन गर्न लागेको हो । यस ऋणपत्रको वार्षिक ब्याजदर १०.२५% तोकिएको छ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ । यस ऋणपत्र निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।  
 
बैंकले ४४ लाख इकाई ऋणपत्रमध्ये ४०% (१७ लाख ६० हजार इकाई) धितोपत्र बोर्डको अनुमतिपछि सर्वसाधारणका लागि बिक्री खुल्ला गर्नेछ । बाँकी ६०% (२६ लाख ४० हजार इकाई) बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बोर्डले अनुमति दिए पश्चात मात्र ऋणपत्र बिक्री प्रक्रिया अघि बढ्नेछ ।
 
पछिल्लो समय बैंकहरुले अतिरित्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । तर ऋणपत्रमा सर्वसाधारणको चासो भने निकै कम देखिएको छ ।

Post Your Comment