Market Closed

एनआइसी एसियाको १२ करोड ५० लाख इकाई म्युचुअल फन्ड साउन ८ देखि खुल्ने, भाउ १० रुपैयाँ

16 Jul,2019
  • mutual_fund_5_28_2018_2_25_13.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया क्यापिटलले साउन ८ गतेबाट ‘एनआइसी एसिया ब्यालेन्स फन्ड’ को १२ करोड ५० लाख इकाई म्युचुअल फन्ड निष्कासन गर्ने भएको छ । यसमध्ये सर्वसाधारणले १० करोड ६२ लाख ५० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । यस्तै, बिज पुँजी वापत १ करोड ७५ लाख इकाई कोष प्रवर्द्धक एनआइसी एसिया बैंक र १२ लाख इकाई कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटललाई सुरक्षित गरिएको छ ।
 
सर्वसाधारणले यस योजनामा प्रतिइकाई १० रुपैयाँका दरले आवेदन दिन सक्नेछन् । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ७५ लाख इकाईसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ । यसमा छिटोमा साउन १२ गते सम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा भदौ ५ गते सम्म बिक्री जारी रहनेछ ।
 
फन्डको इकाईमा लगानीकर्ताले एनआइसी एसिया क्यापिटलको कार्यालय र सी–आस्वामार्फत आवेदन दिन सकिन्छ । एनआइसी एसिया क्यापिटललको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो म्युचुअल फन्ड हो । अहिले एनआइसी एसिया ग्रोथ फन्डको कारोबार भइरहेको छ । ‘एनआइसी एसिया ब्यालेन्स फन्ड’ को बिक्री प्रबन्धकको काम पनि एनआइसी एसिया क्यापिटलले गर्नेछ ।

एनआइसी एसिया ब्यालेन्स फन्डको आह्वानपत्र हेर्न यहाँ थिच्नुहोस् ।

Post Your Comment