Market Closed

एनआइसी एसिया लघुवित्तमा ५.१९ गुणा बढी पर्यो आवेदन

29 Jun,2020
  • ipos_7_4_2_8_10_2018_1_28_22_6_29_2020_1_30_13.jpg
नेपाली पैसा

काठमाडौं : एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आइपीओमा कुल २ करोड ३० लाख ३९० कित्ताका लागि आवेदन परेको अन्तिम विवरण आएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार ४ लाख १४ हजार १८० जना लगानीकर्ताले २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको आइपीओका लागि आवेदन दिएका छन् । यसमा अयोग्य भएको आवेदन रद्द गर्ने काम बाँकी रहेको बिक्री प्रबन्धकले जनाएको छ । अन्तिम विवरणका आधारमा यो आइपीओमा माग भन्दा ५.१९ गुणा बढी आवेदन परेको छ ।
 
कम्पनीले असार १० गतेबाट ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्कासन खुला गरेको हो । जसमा कुल निष्कासनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ । बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । 
 
यो लघुवित्त क्षेत्रकै हालसम्मकै सबैभन्दा ठूलो आइपीओ हो । हालसम्म कुनै पनि लघुवित्त कम्पनीहरुले यति धेरै रकम बराबरको आइपीओ निष्कासन गरेका छैनन् । यस लघुवित्तको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । हाल यस संस्थाको चुक्ता पुँजी १ अर्ब ४५ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा यसले १२ करोड २७ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । 
 

Post Your Comment