Market Closed

नेपाल इन्स्योरेन्सका कर्मचारी किन आन्दोलनमा उत्रे ?

24 May,2016
  • 20151005044144_nepal_insurance_company_5_24_2016_11_51_43.jpg
नेपाली पैसा

काठमाडौँ :  नेपाल इन्स्योरेन्स कम्पनीका कर्मचारी आन्दोलित भएका छन्।
 
संस्थागत सुदृढीकरणको माग राखेर शान्तिपूर्ण आन्दोलनमा सहभागी हुँदा व्यवस्थापन पक्षले हेपाह प्रवृत्ति र  अभद्र ब्यावहार देखाएको विरोध गर्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्।
 
प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आन्दोलनरत कर्मचारीलाई कारबाही गर्नुपर्ने भन्दै  उजुरी दिएपछि कर्मचारी र व्यवस्थापनबीच तनाव बढेको हो । कार्यकारी अधिकृतले केहीलाई झुटा उजुरीमा फसाएर कर्मचारी आन्दोलन दबाउन खोजेको इन्स्योरेन्स कम्पनी कर्मचारी सङ्घले आरोप लगाएको छ।
 
सङ्घका सचिव हंशमान डङ्गोलले कम्पनीको आर्थिक अवस्था सिथिल भएको, आव २०७१÷७२ को समयमा लेखा परीक्षण र साधारणसभा हुन नसकेको कर्मचारी आन्दोलित भइराखेका अवस्थामा नेपाल बैंकको सम्पूर्ण बहुमत सेयर बिक्री गरेर कम्पनीलाई निजीकरणको प्रक्रियाका लागि आफू अनुकूल खरिदको वातावरण बनाएको लगायतका आरोप लगाए। 
 
नेपाल बैंक लिमिटेडको प्रमुख लगानी र सक्रियतामा स्थापित कम्पनीमा बैंकको बहुमत सेयर छ । 
 
कम्पनीका मानव संशाधन प्रमुख टेकराज पौडेलले जनताको नैसर्गिक अधिकार कुन्ठित नहुने गरी आन्दोलन गर्नु प्रजातान्त्रिक अधिकार भएको बताउँदै त्यसतर्फ कर्मचारीको ध्यान जानुपर्ने बताए।
 
उनले नियमअनुसार कर्मचारीले उठाएका मागलाई व्यवस्थापनले उच्च सम्मानका साथ सम्बोधन गर्ने स्पष्ट गर्दै वार्ताबाटै समस्याको समाधान गर्नुपर्ने बताए।

Post Your Comment