Market Closed

नेपाल इन्सुरेन्सको २.२६% बोनस सुरक्षित गर्ने आज अन्तिम मौका

19 Apr,2018
  • nepal-insurance-company-ltd_4_19_2018_10_34_41.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्सुरेन्स कम्पनीको २.२६% बोनस सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । कम्पनीले वैशाख २१ गते हुने वार्षिक साधारण सभामा बिक्री भइरकेको १००% हकप्रदपछि कायम हुने चुक्ता पुँजीको २.२६% बोनस दिने प्रस्ताव गर्दैछ । यसका लागि नेपाल इन्सुरेन्सले शुक्रबार बुक क्लोज गर्न लागेको हो । बिहीबारसम्म कायम सेयरधनीले मात्र बोनस सुरक्षित गर्न सक्नेछन् ।
 
यस इन्सुरेन्सको हाल कायम ३० करोढ १९ लाख ८८ हजार ६१० रुपैयाँ चुक्ता पुँजीमा बोनस दर ४.५३% भए पनि वैशाख ५ गतेदखि निष्कासन भएको १००% हकप्रदलाई पनि आधार मान्दा बोनस दर २.२६% मात्र हुन आउँछ । कम्पनीले कर तिर्न ७ लाख १९ हजार २५.५३ रुपैयाँ नगद लाभांश पनि दिनेछ ।
 
बोनस र हकप्रद सेयरपछि नेपाल इन्सुरेन्सको चुक्ता पुँजी ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ मात्र पुग्नेछ । यो इन्सुरेन्सले बिक्री भइरहेको १००% हकप्रद र बोनसपछि कायम पुँजीमा फेरि ६५% हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ । फेरि हकप्रद जरी गरिसकेपछि मात्र बिमा समितिले तोकेको न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

Post Your Comment