Market Closed

नेपाल इन्सुरेन्सको १००% हकप्रद भर्न अब मंगलबार सम्म मात्र समय

21 May,2018
  • nepal-insurance-company-_5_21_2018_10_58_41.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल इन्सुरेन्सको १००% हकप्रद भर्न २ दिनमात्र समय बाँकी छ । मंगलबार (जेठ ८ गते) कार्यालय समयसम्म मात्र यस हकप्रदमा आवेदन दिन सकिनेछ । कम्पनीले वैशाख ५ गतेदेखि ३० लाख १९ हजार ८८६.१० कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा चैत २२ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट सहित लालदरबार काठमाडौं, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखरा शाखाबाट पनि आवेदन दिन सक्नेछन् । नेपाल इन्सुरेन्सको कमलादी कार्यालय सहित सम्पूर्ण शाखा एवं आस्वाबाट पनि हकप्रद भर्न पाइने छ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ छ ।

हकप्रदपछि पुँजी ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ । पुँजी बढाउन प्रयासरत यस कम्पनीले १००% हकप्रद बिक्री गरिसकेपछि फेरि ६५% हकप्रद सेयर जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीको वैशाख ११ गते सम्पन्न सभाले ६५% हकप्रद ल्याउने प्रस्ताव पारित गरेको हो ।

बिमा समितिले तोकेको न्यूनतम पुँजी पुर्याउन नेपाल इन्सुरेन्स पुनः हकप्रदको बाटोमा लागेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस कम्पनीले ६ करोड ८२ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने २०५ रुपैयाँ ९१ पैसा छ । 
 

Post Your Comment