Market Closed

नेपाल इन्सुरेन्सले सार्वजनिक गर्यो आकर्षक रिपोर्ट, अधिकांश सूचकमा प्रगति

14 May,2019
  • nepal-insurance-company-ltd_6_24_2018_10_19_19.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पानीका अधिकाशं वित्तीय सूचकमा उत्साहजनक वृद्धि भएको छ । गत वर्षको तुलनामा खुद नाफा ९१.२९% ले बढाएर १३ करोड ६ लाख ३६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ८२ लाख ९२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
 
नेपाल इन्सुरेन्सले यस अवधिमा बिमा कोष ५३.०१% ले बढाएर २६ करोड ५२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा बिमा कोषमा १६ करोड ९९ लाख ५४ हजार रुपैयाँ रहेको थियो । चैत मसान्तसम्ममा यसको चुक्ता पुँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यसले हालै बिक्री गरेको ६५% हकप्रदलाई भने तेस्रो त्रैमासमा पुँजीकृत गरेको छैन । उक्त हकप्रदपछि भने पुँजी १ अर्ब १ करोड ९१ लख ४ हजार रुपैयाँ पुग्नेछ ।
 
यता, कम्पनीको जगेडा कोषमा पनि उत्साहजनक वृद्धि भएको छ । यसको जगेडा कोष गत वर्षको तुलनामा १०३.३८% ले बढेर ३६ करोड ५० लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष जगेडा कोषमा १७ करोड ९४ लाख ९३ हजार रुपैयाँ रहेको थियो । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६१ पैसाले बढेर २८ रुपैयाँ २० पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ २१ पैसा छ । हालै बिक्री गरेको ६५% हकप्रद पुँजीकृत भएपछि भने प्रतिसेयर आम्दानीमा केही कमी आउने देखिन्छ ।
 
इन्सुरेन्सको खुद बिमा शुल्क २५.९२% ले बढेर ३८ क।ोड ६७ लाख २४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा यसको खुद बिमा शुल्क ३० करोड ७१ लाख ९ हजार रुपैयाँ रहेको थियो । पुनर्बिमा कमिशन आय ७ करोड ९० लाख ३१ हजार रुपैयाँबाट बढेर ११ करोड ७२ लाख २ हजार रुपैयाँ पुगेको छ । कम्पनीले १६ करोड ६९ लाख ४२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने ९६ करोड ३१ लाख २६ हजार रुपैयाँ रहेको छ ।

नेपाल इन्सुरेन्सको वित्तीय विवरण हेर्नुहोस् ।

Post Your Comment